सप्तकोशीमा नेपाली ध्वजावाहक ‘पानी जहाज’ चल्दै
इटहरीबाट चार घण्टामै भोजपुर सदरमुकाम
विराट अनुपम
5
प्रतिक्रिया
Advertisment
११ चैत, इटहरी । इटहरीबाट भोजपुर सदरमुकाम पुग्न ९ घण्टा लाग्दै आएकोमा अब साढे ४ घण्टामै पुग्न सकिने भएको छ ।
सडकमार्गबाट इटहरीहुँदै भोजपुर सदरमुकाम पुग्न ९ घण्टा लाग्नेगर्छ । तर, अब सप्तकोशीमा व्यवसायिक रुपमा जेट बोट सञ्चालन हुने भएपछि साढे ४ घण्टामै भोजपुर सदरमुकाम पुग्न सकिने भएको हो ।
Advertisment
बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लि.ले सुनसरीको बराहक्षेत्र-१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालनमा ल्याउन लागेको हो ।
इटहरीबाट ४५ मिनेटमा पुगिने चतराबाट १५ किलोमिटर हाराहारीको सिम्ले पुग्न १५ मिनेट लाग्छ भने सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र १ घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटारबाट साढे दुई घण्टामा पुगिन्छ ।
भोजपुर मात्रै हैन धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि अब २ घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्ने भएका छन् ।
सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा ७ घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा हुने देखिएको छ ।
सप्तकोशी नदिहुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठका अनुसार यो परियोजना पर्यटन र पारवाहन दुवै कोणमा सञ्चालन गरिएको हो ।
तीन करोड प्रारम्भिक लगानीको यो पर्यटकीय परियोजनाले सप्तकोशी किनारमा रिसोर्ट सञ्चालन गर्न, तमोर तथा सुनकोशीमा र्याˆटिङ गर्न थप २ करोड लगानी थप्ने कार्ययोजनामा रहेको छ ।
अाइतबार बराहक्षेत्रका मेयर निलम बस्नेत र उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले आइतबार जेट बोट चढेर यसको परीक्षण सञ्चालन गरेका हुन ।
बराहक्षेत्र जल यातायात तथा पर्यटन प्राली अगाडि सुम्निमा जल यातायात प्रालीले पनि सप्तकोशीमा जेट बोट चलाएको थियो । तर, एक दुर्घटनामा एक जना बेपत्ता भएपछि भने त्यो सेवा बन्द भयो ।
यता, बराहक्षेत्र जल यातायातले भने आफूहरूले यात्रुलाई लाइफ ज्याकेट र अनिवार्य बीमा गरेको र बोटको पनि बीमा गरेकाले दुर्घटनाको सङ्कट नभएको बताएको छ ।
सडकमार्गमा जस्तै जलमार्गमा पनि छिटपुट केही दुर्घटना हुनु सामान्य भए पनि सेवा नै बन्द हुने अवस्था भने आˆनो कम्पनीले नल्याउने अध्यक्ष सन्तोष भण्डारीले बताए ।
ताप्लेजुङ र तुम्लिङटारसम्म जलयात्राको योजना
अनौपचारिक रूपमा परीक्षण यात्रा गराएको बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लिले सरकारले अरुण तथा तमोर नदीको पानीको क्षेत्र समथल बनाउन सहयोज गरे अन्य क्षेत्रमा पनि जल यातायात लान सक्ने बताएको छ ।
‘१० सिटे जेट बोट राम्रोसँग चल्न कम्तीमा तीन फिट गहिरो पानी र पन्” फिट फराकिलो क्षेत्र हुनुपर्छ’, बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठ भन्छन, ‘तमोर र अरुणमा केही स्थानमा ढुङ्गा तथा ढिक्कोको कारणले सहजै जेट बोट कुद्न असहज छ ।’
सरकारले तमोर र अरुणमा रहेका ढुङ्गा तथा ढिक्कोहरु सम्याएमा ताप्लेजुङको दोभार र संखुवासभाको तुम्लिङटार क्षेत्रमा सहजै जलयात्रा हुनसक्ने श्रेष्ठ बताँउछन । उनी भन्छन, ‘अहिले तमोर र अरुणमा पानीको गतिमा मनोरन्जनात्मक र्याˆटिङ मात्रै हुन्छ तर अब तमोर र अरुणका बाटोमा रहेका ढुङ्गा तथा ढिस्काहरु हटाएर समथर पानी बगाएमा जेट बोट पनि चल्छ ।’
केही केही स्थानहरूमा मात्रै ढुङ्गा तथा ढिस्काहरु भएकाले सरकारले चाहेमा क्लियर गर्न सक्ने श्रेष्ठको तर्क छ ।
जल विभाग बनाउन माग
सडक विभाग जस्तै जलयातायात चलाउने कुनै सरकारी विभाग बनाएर भएपनि यस्ता ढिस्काहरु सम्याएमा धेरै नेपालीहरूले नेपालमै पानी जहाजमा जलयात्रा गर्ने अवसर पाउने श्रेष्ठको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जल यातायातको पक्षमा लामो समयदेखि कुरा गरेकाले आफूहरू आशावादी भएको श्रेष्ठले बताए । ‘अस्ति चुनावी भाषणमा मात्रै केपी ओलीले सप्तकोशीमा पानी जहाज चलाउने भन्नु भएको थियो’, श्रेष्ठले भने, ‘अब हामीले सुरु गरेका छौँ खोलामा सडक विभाग जस्तै जल विभाग बनाएर सहज जलमार्ग भएमा निजी क्षेत्रले जलयाता आजभोलि नै नेपालका धेरै नदीमा चलाउँछ ।’
Subscribe to:
Post Comments
(
Atom
)
https://dent.app.link/5PxNyc9xbU
Post Top Ad
Author Details
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Post Bottom Ad
No comments